punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कफी पिउनुको धेरै छन् फाइदाहरू, बोसो घटाउनदेखि रक्तचाप नियन्त्रणसम्म

Chaupati
safha napa

कफीको प्रत्यक चुस्कीले शरीरमा एक किसिमको न्यानोपन र ऊर्जा बढाउने गर्दछ । कफीबिना धेरै मानिसहरु सुत्न समेत सक्दैनन्। तर, धेरै रिपोर्टमा कफीको अत्यधिक सेवनलाई हानिकारक मानिएको छ । कफीमा पाइने मुख्य तत्व क्याफिन हो, जसको अत्यधिक सेवनले गम्भीर समस्या निम्त्याउन सक्छ।

तर यदि कफी सही मात्रामा पिउने हो भने यो शरीरका लागि निकै फाइदाजनक हुन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार कफीले धेरै रोगको जोखिम कम गर्न मदत गर्छ । कफीसम्बन्धी केही अध्ययनका अनुसार कफी सही मात्रामा पिउने हो भने गम्भीर रोगमा पनि फाइदा हुन्छ ।

कफीमा एन्टिअक्सिडेन्ट र पोषक तत्वको उच्च मात्रा स्वास्थ्यका लागि फाइदाजनक हुन सक्छ। कफी पिउनाले धेरै गम्भीर रोगको जोखिम पनि कम गर्न सकिन्छ। आउनुहोस् जानौँ सही मात्रामा कफी सेवन गर्दा हुने स्वास्थ्य लाभहरू।

कफी मधुमेह रोगीहरूको लागि लाभदायक :

कफी सेवनले मानिसहरूमा मधुमेहको जोखिम कम गर्छ। ४८००० भन्दा बढी मानिसहरूको डेटा अध्ययनमा, अन्वेषकहरूले पत्ता लगाए कि चार वर्षमा कम्तीमा एक दिन कफी पिउनेहरूमा मधुमेहको जोखिम ११ प्रतिशत कम थियो। तर मधुमेहका बिरामीले चिकित्सकको सल्लाह लिएर मात्र कफी पिउनुपर्छ ।

कफीले कलेजोको क्यान्सरको जोखिम कम गर्छ :

२०१९ को एक अध्ययनले कफीको सेवनले कलेजोको क्यान्सरको जोखिम कम गर्ने निष्कर्ष निकालेको छ। यसअघि सन् २०१५ मा अमेरिकाका अन्वेषकहरूले पनि दैनिक दुईदेखि तीन कप कफी पिउनाले सहभागीहरूमा हेपाटोसेलुलर कार्सिनोमा र दीर्घकालीन कलेजो रोगको जोखिम ३८ प्रतिशतले कम हुने पत्ता लगाएका थिए।

कफीले रक्तचाप नियन्त्रण गर्छ :

कफीमा पाइने क्याफिनको सही मात्रा सेवन गर्नु पनि फाइदाजनक हुन्छ । क्याफिनको सेवनले रक्तचाप र मुटुको स्वास्थ्यलाई फाइदा गर्छ। एक अध्ययनअनुसार प्रतिदिन तीनदेखि पाँच कप कफी पिउनाले हृदय रोगको जोखिम ३८ प्रतिशत सम्म कम गर्न सक्छ।

कफी पिउनुको फाइदा

कफीले क्याफिनको कारणले शरीरको बोसो घटाउन मदत गर्छ। क्याफिन आजकल बोसो जलाउने पूरकहरूमा पाइन्छ। क्याफिनले चयापचयको दरलाई ३ देखि ११ सम्म बढाउन सक्छ। मोटो व्यक्तिको बोसो घटाउन कफी निकै प्रभावकारी हुन्छ ।


२१ फागुन २०७८, शनिवार १२:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु