देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना

सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू–भागमा आजकाे मौसम सामान्यता सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै र बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।

अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको देखिएकाे महाशाखाले जनाएकाे छ ।

आज राति देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे महाशाखाले जारी गरेकाे सूचनामा उल्लेख छ ।


१९ फागुन २०७८, बिहीवार ०७:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु