ऐश्वर्य बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख भट्ट सम्मानित

ऐश्वर्य बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट काठमाडौं सम्मानित भएका छन् । भट्ट नेपालकै प्रतिष्ठित शैक्षिक संस्था एलआर आई स्कुल काठमाडौंको ३४ औं स्थापना दिवसको अवसरमा सम्मानित भएका हुन् । शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेवाफत भट्ट नगद २५ हजार, दोसल्ला र कदरपत्रबाट सम्मानित भएका हुन् ।

सम्मान पछि क्याम्पसप्रमुख भट्टले निश्वार्थ भावनाले शिक्षा क्षेत्रको विकास गर्दा त्यसको मुल्याङ्कन भएको बताए । सम्मान पछि काममा हौसला जाग्नुका साथै थप जिम्मेवारी बोध भएको भट्टले बताए ।


१८ फागुन २०७८, बुधवार २१:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु