punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशमा मेघगर्जन तथा चट्याङ् र असिनासहित वर्षाको सम्भावना

Chaupati
safha napa

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङ् र असिनासहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशलगायत बागमती र प्रदेश १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू–भागमा आंशिक बदली रहनेछ ।

 


१४ फागुन २०७८, शनिवार ०७:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु