बुधबार सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
नेपाली बजारमा सुनको मूल्य बुधबार तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी, बुधबार तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने बढेको छ । बुधबार चाँदीको मूल्य तोलामा १ हजार ३२० रुपैयाँ निर्धारण भएको छ ।
११ फागुन २०७८, बुधवार १२:०८ बजे प्रकाशित






























