एमसिसी पास नभए देश सामरिक द्वन्द्वमा फस्ने भट्टराईको चेतावनी
जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना (एमसिसी)पास नभए देश सामरिक द्वन्द्वमा फस्ने चेतावनी दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यो विन्दुमा आएर एमसिसी पास नगर्दा देश सामरिक द्वन्द्वमा फस्ने भन्दै जसरी पनि पारित गर्नुपर्ने बताएका छन्।
भट्टराईले सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्रिरबाहिरी स्वीकार्यता नरहने भन्दै अब कि सत्तामा रहेका सबै दलले पक्षमा मतदान गर्नुपर्ने र कि नयाँ समीकरण बन्नुपर्ने विकल्पसमेत पेश गरेका छन्।‘
एमसिसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो‚’ भट्टराईले उल्लेख गरेका छन्‚ ‘सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्रीरबाहिरी स्वीकार्यता रहन्न।’
११ फागुन २०७८, बुधवार ११:२७ बजे प्रकाशित






























