punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वभर कोरोना भाइरसको संक्रमित थपिने दरमा कमी

Chaupati
safha napa

विश्वभर कोरोना भाइरसको संक्रमित थपिने दरमा कमी आएसँगै सक्रिय संक्रमितको संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा १६ लाख १२ हजार नयाँ संक्रमित थपिएसँगै विश्वभर सक्रिय संक्रमितको संख्या ६ करोड ६२ लाखमा झरेको छ।

कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर ४२ करोड ७९ लाखमा कोरोना पुष्टि भएको छ। जसमध्ये ३५ करोड ५७ लाख निको भएका छन् भने ५९ लाख २३ हजारको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा मात्रै २४ लाख ९१ हजार संक्रमित निको भएका छन् भने ८ हजार ३ सय संक्रमितको मृत्यु भएको छ।


११ फागुन २०७८, बुधवार ०९:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु