punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम थप ३० जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ३९ जनाको परीक्षण गर्दा आज ३० जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा दुइ कोरोना संक्रमितको मृत्यु भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना कैलाली र एक जना कञ्चनपुरका रहेका छन् ।

सेतीमा उपचाररत गोदावरी नगरपालिका –४ का ८२ बर्षिय बृद्ध पुरुष र पुनर्वास नगरपालिका – ७ का ८० बर्षिय बृद्ध पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।


६ फागुन २०७८, शुक्रवार १८:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु