नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा ४३७ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ र ५ हजार १३३ जनाको पीसीआर परीक्षण गर्दा २७५ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
त्यसै गरी पछिल्लो २४ घण्टामा दुई हजार ४५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
६ फागुन २०७८, शुक्रवार १७:१६ बजे प्रकाशित






























