सेतीमा थप २ जना कोरोना संक्रमितको मृत्यु, ८ जना संक्रमित थपिए
कैलालीमा शुक्रबार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना कैलाली र एक जना कञ्चनपुरका रहेका छन् ।
सेतीमा उपचाररत गोदावरी नगरपालिका –४ का ८२ बर्षिय बृद्ध पुरुष र पुनर्वास नगरपालिका – ७ का ८० बर्षिय बृद्ध पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८५ नमूनाको कोरोना जाँच गरिएकोमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल अस्पतालमा ६ संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ४ जनाको आइसियुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
६ फागुन २०७८, शुक्रवार १५:५८ बजे प्रकाशित






























