punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतीय क्वारेन्टाइनबाट निकालिएका नेपाली भोकभोकै बस्न बाध्य

Chaupati
safha napa

कञ्चनपुर,बैशाख २८ । भारतको उत्तराखण्डको रुद्रपुर र काशीपुरका क्वारेन्टाइनमा अवधि पूरा गरेका नेपाली मजदुर भोक भोकै बस्न बाध्य भएका छन्। १४ दिन अवधि पूरा गरी क्वारेन्टाइनबाट निकालिएका करिब डेढ सय नेपाली मजदुर रुद्रपुरबाट करिब ९० किलोमिटरको यात्रा तय गर्दै खटिमा पुगेका छन्। खटिमा हुदै नेपाल भातर सीमा क्षेत्र महाकाली नगरपालिकाको वावा थान पुगे पनि भारतीय सीमा सुरक्षा बल एसएसबीले लखेटेपछि उनीहरु खटिमामा अलपत्र परेका छन्। त्यहाँ भोकभोकै रहेको उनीहरुको गुनासो छ।

अलपत्र परेकामध्ये सुशील जोशीले उद्धार गरी बाच्न अवसर प्रदान गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन्। नेपाली सीमा क्षेत्रमा प्रवेश नदिइएपछि पुनः भारतीय प्रशासनले निकालिएकै ठाउँका क्वारेन्टाइनमा पठाउनका लागि तयारी गरेको छ। नेपाली मजदुरहरुलाई क्वारेन्टाइनबाट निकालिएको विरोधमा भारतको उत्तराखण्डका काँग्रेस आइका प्रदेश सचिव भुवन कापरी धर्नामा बसेका छन्।

कापरीले नेपाल सरकारले आफ्ना नागरिकलाई सीमा प्रवेश दिनुपर्ने बताएका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भारतीय समकक्षीसँग नेपाली मजदुर अलपत्र परेकाबारे समन्वयको कार्य भैरहेको बताए। ‘जुन क्वारेन्टइन बाट आएका हुन् पुनः सोही क्वारेन्टाइनमा फर्काउनका लागि पहल भैरहेको जानकारी पाएको छु,’ उनले भने, ‘दुवै देशको समझदारीमा सीमा प्रवेश दिने कुरा हो। भारतीय पक्षको नेपाली मजदुरलाई लगिदिए हुन्थ्यो भन्ने मनसाय रहेको पाएको छु।’


२८ वैशाख २०७७, आइतवार ०३:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु