punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गठबन्धन बैठक २० मिनेट बसेर सकियो, अर्को बैठक आइतबार बिहान

Chaupati
safha napa

एमसीसीका विषयमा साझा धारणा तय गर्न बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक करिब २० मिनेट बसेर सकिएको छ। बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि बैठक २० मिनेटमै सकिएको हो ।

बैठकको सुरुमै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले थप समय मागेका थिए। समाजवादीको स्थायी कमिटी बैठक भोलि बस्दै छ। त्यसमा थप छलफल गर्ने उक्त पार्टीको तयारी छ।

गठबन्धनको अर्को बैठक आइतबार बिहान बस्ने निर्णय भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका सचिवालय सदस्य रमेश मल्लले जानकारी दिए।

बैठकअघि आजै बिहान नेपाली कांग्रेसबाहेक गठबन्धन दलका शीर्ष नेताको बैठक माओवादी अध्यक्ष दाहाल निवास खुमलटारमा बसेको थियो। एमसीसी अहिले नै संसदमा पेस गर्न सक्ने अवस्था नबनेको एक नेताले बताए।

गठबन्धनले निर्णय गर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद बढाएका छन्। हिजो साँझ उनी ओली निवास बालकोट पुगेका थिए।


६ फागुन २०७८, शुक्रवार ११:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु