कञ्चनपुरको बेलडाँडीमा उखुबालीमा आगलागी हुँदा लाखौँको क्षति
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ का किसान नारायण चौधरीको काट्नका लागि तयारी अवस्थामा रहेको उखुबालीमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। बिहीवार दिउँसो करिब ३ बजेको समयमा एक बिघा जग्गामा लगाइएको उखुबालीमा आगलागी भएको हो।
आगलागी हुँदा दुई लाखभन्दा बढीको क्षति भएको पीडित चौधरीले बताए। आगलागीका कारण भने खुल्न सकेको छैन। उखुबारीमा आगोको मुस्लो उठ्न थालेपछि स्थानीय बासिन्दाको निकै प्रयासपछि आगो निभाइएको थियो।
५ फागुन २०७८, बिहीवार २२:१९ बजे प्रकाशित












