दलित महिलाबाट पहिलो प्रमुख जिल्ला अधिकारी बनिन् सिता परियार
दलित महिलाबाट सिता परियार पहिलो प्रमुख जिल्ला अधिकारी बनेकी छन् । नेपाल सरकारको राजपत्रांकित द्धितिय श्रेणी अर्थात उपसचिव सरहकी परियारले हुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएसँगै दलित महिलाबाट पहिलो प्रमुख जिल्ला अधिकारी बनेकी हुन् ।
बिहीबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गर्दै परियारलाई हुम्लाको प्रमुख जिल्लाको जिम्मेवारी दिएका छन् । परियार यसअघि भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिईन । दलित महिलाबाट सहायक प्रमुख जिल्ला अधिकारी बन्ने अवसर पनि उनैले पाएकी थिईन ।
करिव ६ महिना गत भदौ महिनादेखि उनले भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालदै आएकी थिईन । परियारसँग उपसचिव भइसकेपछि तीनवटा उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको अनुभव छ ।
५ फागुन २०७८, बिहीवार २१:४३ बजे प्रकाशित












