आज दिनभर र राति देशभरकाे माैसम कस्ताे रहला ?

आज देशको पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशको अन्य भूभागमा मौसम सामान्यतया सफा तथा घमाइलाे रहने पुर्वानुमान मौसमविद्ले गरेका छन् ।

देशका पहाडी भूभागका केही स्थानमा भने छिटफुट वर्षाको सम्भावना छ । आज राति देशको पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बदली हुने तथा अन्य भूभागमा मौसम सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । देशमा अहिले कुनै पनि उल्लेखनीय प्रणालीको प्रभाव छैन ।


६ फागुन २०७८, शुक्रवार ०८:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु