अछामबाट एक सुत्केरी महिलाको उद्दार
अछाम,बैशाख २७ । अछामबाट एक सुत्केरी महिलाको उद्दार गरिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा जिल्लाको बयलपाटा अस्पतालमा सुत्केरी भएकी रामारोशन गाउँपालिका भटाकटियाकी २४ वर्षीया देउमी साउँदलाई हेलिकोप्टर मार्फत उपचारका लागि नेपालगञ्ज लगिएको हो ।
साउँद सुत्केरी भएपछि पेटमा अत्यधिक रगत जमेको, निरन्तर रक्तश्राव एवंम पिसाब रोकिएपछि मन्त्रालयको गम्भीर अवस्थाका सुत्केरी महिलाको उद्दार कार्यक्रम अन्तरगत उद्दार गरी नेपालगञ्ज पठाईएको सामाजिक विकास मन्त्रीका स्वकिय सचिव लोकेन्द्र धामीले जानकारी दिए ।
२७ वैशाख २०७७, शनिवार १३:२० बजे प्रकाशित













