डडेल्धुरामा लडेर एकजनाको मृत्यु
डडेल्धुरा ,२७ बैशाख । डडेल्धुरामा लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–४ ढिमलाका ४५ वर्षीय कृष्णदत्त चटौत रहेका छन् ।
शनिबार बिहान साढे ९ बजेतिर ढुंगा खानीबाट ढुंगा निकाल्ने क्रममा लडेर उनको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
ढुंगा निकाल्ने क्रममा लडेर गम्भीर घाइते भएका चटौतलाई डडेल्धुरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शवलाई पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ ।
२७ वैशाख २०७७, शनिवार ०८:०६ बजे प्रकाशित













