punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि, १०२ पुगे संक्रमित

Chaupati
safha napa

काठमाडौँ,बैशाख २६ । नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ भने नेपालभर १ सय २ पुगेको छ।

भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गर्दामा संक्रमण पोजेटिभ देखिएको हो। नेपालगञ्जमा भेटिएका सक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पहिले देखिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप संक्रमित फेला परेको बताए।

हाल १५ हजार ६ सय २४ जना देशका विभिन्न स्थानमा क्वारेन्टाइनमा छन् भने १ सय ३५ जना आइसोलेसनमा छन्। उपत्यकामा तीन जना आइसोलेसनमा छन्।

शुक्रबार नै कोसी अस्पतालतमा उपचाररत ८ जना कोरोना संक्रमित डिस्चार्ज भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित भएर डिस्चार्ज हुनेको संख्या ३० पुगेको समेत प्रवक्ता डा देवकोटाले जानकारी दिए।


२६ वैशाख २०७७, शुक्रवार ११:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु