आइतवार देशभरको मौसम सफा रहने
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम सामान्यतः सफा रहने जनाएको छ।
आइतवार बिहान प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको मौसम सामान्य बदली रहे पनि बाँकी प्रदेशमा सफा रहेको छ। तराईका केही भू(भागमा हुस्सुरकुहिरो रहेको छ। तर‚ अपराह्नदेखि हट्दै जाने पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो केही ठाउँमा मौसम बदली रहे पनि प्रायः ठाउँमा सामान्यतः सफा रहनेछ। रातिको मौसम पनि मौसम सामान्यतः सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
१ फागुन २०७८, आइतवार ०८:२१ बजे प्रकाशित





























