सभामुखले एमसीसी रोक्न पाउँदैनन्: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखले अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)रोक्न नपाउने बताएका छन् ।
एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्न नदिने सभामुखको अधिकारक्षेत्र बाहिरको कुरा भएको बताएका हुन् ।
सभामुखले अनाधिकृत ढंगले काम गर्न नपाउने भन्दै ओलीले एमसीसीका विषयमा मुलुकलाई गम्भी भूराजनीतिक द्वन्द्वमा फसाइएको बताए ।
यसअघि कृष्णबहादुर महरा सभामुख हुँदा पनि एमसीसीलाई अनधिकृत रुपमा रोकिएको भन्दै ओलीले संसदले एमसीसीबारे निर्णय गर्न पाउनुपर्ने बताए ।
२८ माघ २०७८, शुक्रवार १८:५२ बजे प्रकाशित































