punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछामको समृद्धिका लागि सातवटा रणनीतिक सडक महत्वपूर्ण छ : राज्यमन्त्री साउद

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री मीना साउदले अछामको विकास निर्माणका लागि प्रदेश सरकारबाट अहिलेसम्मकै ठूलो सहयोग प्राप्त भएको बताएकी छन् । राज्यमन्त्री साउदले सुदूरपश्चिम प्रदेश सरकारले अछामका सातवटा रणनीतिक सडकलाई अघि बढाउन सफल भएको बताएकी हुन् ।

चालू आर्थिक वर्ष ०७८–०७९ बाट काम सुरुवात गरेर आव २०८०–०८१ मा कालोपत्रे गर्ने गरी सडक निर्माण कार्य सुरुवात भएको उनको भनाइ छ । चिसापानी जंगलघाट ऋषिदह वडिमालिका सडक (गैरिटाँड कालागाउँ दर्ना) साँफेबगर नन्देगडा मेल्लेख शोडषा ऋषिदह सडक, मंगलसैन जुपु लुगाडा रामारोशन सडक, चौखुट्टे चौरपाटी सडक, विनायक लयाँटी पुल्लेतोला रामारोशन सडक, साँफे बुढाकोट सडक र बल्देखोला सडकपुल रामारोशनमा सडक निर्माण सम्पन्न गर्ने गरी बजेटको सुनिश्चितता भएको उनले उल्लेख गरिन् । तीन वर्षभित्र सम्पन्न हुने गरी सडकका लागि एक अर्ब सात करोड २९ लाख रुपैयाँ प्रस्ताव गरिएको उनको भनाइ छ ।

साउदले शिक्षा, स्वास्थ्य, महिलाको जीवनस्तर परिवर्तनका लागि प्रदेश सरकारबाट विभिन्न कार्यक्रम हुँदै आएको बताइन् । शिक्षामा गुणस्तरता, स्वास्थ्यमा सबैको पहुँचका लागि काम हुँदै आएको उनको भनाइ छ । बयलपाटा अस्पताल प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको पनि उल्लेख गरिन् । महिलाको आर्थिक अवस्था परिवर्तनका लागि सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा स्वरोजगारमूलक कार्यक्रम चाँडै सञ्चालनमा आउने उनको भनाइ छ ।


२८ माघ २०७८, शुक्रवार १८:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु