punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका दुई जिल्लामा सोलार आयोजना सर्वेक्षण गर्न अनुमति

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका दुईवटा जिल्लामा ३५० मेगावाट क्षमताको सोलार आयोजना सर्वेक्षण गर्न अनुमति दिइएको छ ।

लगानी बोर्डले सुदूरपश्चिम प्रदेशका डोटी र डडेल्धुरामा सोलार आयोजना सर्वेक्षण गर्न अनुमति दिइएको हो । मंगलबार बसेको बोर्डको बैठकले सेन्ट्रल इलेक्ट्रोनिक्स इनर्जी लिमिटेडलाई डडेल्धुरा र डोटीमा गरेर साढे ३ सय मेगावाट सौर्य उर्जा आयोजनाको अध्ययन अनुमति दिने निर्णय छ ।

जसअन्तर्गत डडेलधुराको अमरगढीमा २२५ मेगावाट र डोटीको सिलगढीमा १२५ मेगावाट क्षमताको सोलार आयोजनाका लागि अध्ययन गरिनेछ ।

बोर्डको ४९ औं बैठकले परियोजना विकासतर्फ तल्लो अरुण जलविद्युत आयोजनाको प्रारम्भिक अध्ययन प्रतिवेदन (इन्सेप्सन रिपोर्ट) पनि स्वीकृत गरेको छ ।


२५ माघ २०७८, मंगलवार १७:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु