आज २५६४ औं बुद्ध जयन्ती

धनगढी,बैशाख २५ । आज २५६४ औं बुद्ध जयन्ती । बौद्ध धर्मावलम्वीहरूले घरघरमै विशेष स्मरण गरी मनाउँदै छन् ।

यस वर्ष कोरोना भाइरसको महामारीका त्रासले बुद्ध जयन्तीका अवसरमा गरिने औपचारिक कार्यक्रम आयोजना भएका छैनन । विश्व शान्तिको कामना व्यक्तिगत रूपमै बुद्ध जयन्ती मनाइँदैछ।

शान्तिका अग्रदूत एवं एशियाका ताराको रूपमा प्रसिद्ध महामानव गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा महत्वका साथ स्मरण गर्ने गर्छन् ।

कोरोना भाइरसको जोखिमका कारण यस वर्षको बुद्धजयन्ती प्रार्थना र पूजापाठ गरी सीमित व्यक्तिहरुका बीचमा मनाइन लागेको जनाइएको छ । यसै बिच सरकारले आज देशैभर सार्वजनिक विदा समेत दिएको छ ।


२५ वैशाख २०७७, बिहीवार ०३:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु