punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लकडाउनमा पनि ४२ प्रकारका उद्योग सञ्चालनमा आउने

Chaupati
safha napa

काठमाडौं,बैशाख २५ । चैत्र ११ गतेदेखि जारी लकडाउनका कारण बन्द भएका केही उद्योगहरूलाइ सञ्चालनमा ल्याउने सरकारले निर्णय गरेको छ। खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय सरकारले गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको हो । उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा सरकारले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने जास्ता सुरक्षाका अपानाउनुपर्ने प्रावधान राखिएको छ । सम्बन्धित उद्योगको पत्रको आधारमा उद्योगका गाडीहरु ढुवानीका लागि गुड्दा सुरक्षा निकायले नरोक्ने निर्णय पनि भएको छ ।

श्रमिक र कार्यरत अन्य जनशक्तिहरु अनिवार्य रुपमा कार्यस्थलभित्रै बस्नुपर्ने सरकारका निर्णयमा उल्लेख रहेको उद्योग मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार उनीहरुलाई खानाको व्यवस्था कार्यस्थलभित्रै गरिनुपर्ने तर कार्यस्थलबाट बाहिर जान र कार्यस्थलबाहिर रहेका परिवारका सदस्यलगायत अन्य कुनैपनि व्यक्तिहरुसाग सम्पर्कमा आउनदिन नहुने नियम बनाइएको छ।बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।


२५ वैशाख २०७७, बिहीवार ०३:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु