फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम बनाउने निर्णय

कैलालीको धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम बनाउने निर्णय भएको छ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा सरकारी जग्गामा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम बनाउने निर्णय गरेको हो।

फाप्लामा यसअघि पटकपटक मैदान निर्माणका लागि प्रदेश र संघीय सरकारले बजेट विनियोजन गर्दै आएकोमा जग्गा प्राप्तीको प्रक्रिया भने अगाडि बढेको छैन।

तर १० गते बसेको मन्त्रिपरिषद्को बैठकले मैदान र खेलग्राम निर्माणका लागि नेपाल सरकारको नाममा रहेको ६९ हजार ९१० वर्गकिलोमिटर जग्गा उपलब्ध गराउने पनि निर्णय गरेको हो।

यस सम्बन्धि पूर्वाधार विकासलगायतका कार्य अगाडि बढाउन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम विकास समिति गठन गर्ने प्रक्रिया युवा तथा खेलकुद मन्त्रालयले अगाडि बढाउने निर्णयमा उल्लेख छ।

No description available.


२४ माघ २०७८, सोमवार १६:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु