punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लक डाउनका बिच रक्तदान, ३४ पिन्ट रगत सङ्कलन

Chaupati
safha napa

धनगढी,वैशाख २४ – कैलालीमा लक डाउनको समयमा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको छ । सुदूर पश्चिमाञ्चल सामुदायिक अस्पताल अत्तरियाले आज आयोजना गरेको रक्तदान कार्यक्रमबाट ३४ पिन्ट रगत सङ्कलन गरिएको छ । सुदूर पश्चिमाञ्चल सामुदायिक अस्पतालको आयोजना र सृजनशील युवा क्लब अत्तरियाको सहयोगमा रक्तदान सम्पन्न भएको छ ।

कार्यक्रमबाट ३४ पिन्ट रगत सङ्कलन भएको रक्त सञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले बताए। लकडाउनको समयमा बिरामी भएका लागी उपलब्ध गराउन ३४ पिन्ट रगत सङ्कलन भएको उनले बताए।

लकडाउनको समयमा रगतको अभाव भइरहेको बेला अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रम प्रति उत्साहित भएको पन्तले बताए। रक्तसञ्चार केन्द्रमा रगत
मौज्दात रहेकाले समस्या नरहेको उनको भनाई छ ।

यो समयमा रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको अस्पतालका अध्यक्ष आनन्द भट्टले बताए ।
रक्तदान कार्यक्रममा धेरैको उपस्थित रहेको थियो तर एकैपल्ट रगत सङ्कलन गर्नु भन्दा पछिल्लो पटक पनि रक्तदान कार्यक्रम आयोजना गरिने भएकोले आज ३४ जनाको मात्रै रगत सङ्कलन गरिएको अध्यक्ष भट्टले बताए ।

कार्यक्रममा उपस्थिति जनाउँदै गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले लक डाउनको समयमा गरिइने यस्ता कार्यक्रमहरूले बिरामीको अकालमै मृत्यु नहुने बताए । सामाजिक दुरी कायम गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।


२४ वैशाख २०७७, बुधवार १४:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु