punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ज्यालादारीमा गरिएको नियुक्ति बदर

Chaupati
safha napa

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले तीन जना कर्मचारीहरूलाई दैनिक ज्यालादारीमा गरिएको नियुक्ति बदर गरेको छ ।

बेलडाँडी गाउँपालिकाको अघिल्लो महिना पुस ३० गतेको निर्णयबाट सुनिता रानालाई अहेव, नीरज कठायतलाई चौकीदार र दीपेन्द्र बहादुर बिष्टलाई सुपरिवेक्षक पदमा दैनिक ज्यालादारीमा २०७९ असार मसान्तसम्म ६ महिनाको लागि नियुक्त गरिएको थियो ।

उनीहरूको नियुक्ति प्रक्रिया नियम सम्मत नरहेको भनी स्थानीय बासिन्दा र राजनीतिक दलबाट समेत विरोध भएकोले उक्त नियुक्तिहरू दिने क्रममा केही प्रक्रियागत त्रुटि देखिन गएकोले आजकै मितिदेखि उक्त नियुक्ति बदर गरिएको आइतबार बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।


२४ माघ २०७८, सोमवार ०९:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु