punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका ३ वडा अध्यक्षसहित १५ जनप्रतिनिधिको पद खारेज गर्न निर्वाचन आयोगलाई कांग्रेसको पत्र

Chaupati
safha napa

नेपाली कांग्रेस कैलालीले अन्य पार्टीमा प्रवेश गरेका ३ वडा अध्यक्षसहित १५ जनप्रतिनिधिको पद खारेज गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ। कांग्रेसले पार्टीबाट पदमुक्त गर्दै जनप्रतिनिधिसमेत रहेको पद खारेज गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको हो।

कांग्रेस कैलालीले टीकापुर वडा नम्बर १ का अध्यक्ष लालवीर चौधरी, वडा नम्बर ३ का अध्यक्ष रामसेवक महतो, वडा नम्बर ५ का अध्यक्ष रामशंकर डगौरा थारु, टीकापुर नगरपालिका कार्यपालिका सदस्य रमेश बिक, वडा नम्बर ३ का सदस्य वीना थारु, वडा न ३ सदस्य भागीदेवी कामी, वडा न ४ सदस्य तुलसादेवी बिक, वडा न ४ सदस्यद्वय प्रेमलाल चौधरी र रुपमती डगौरा थारु, वडा न ५ का चार सदस्य बलवीर थारु (चौधरी), कन्हैया चौधरी, आशा थारु र सरिता भुल, वडा न ६ का दुई सदस्य रामशंकर चौधरी र जमुना चौधरीलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस पठाएको नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार समिति संयोजक नृप सुनारले बताए।

नेपाली कांग्रेस कैलाली, टीकापुर नगर कार्यसमितिका निर्णय, कैलाली निर्वाचन क्षेत्र न १ प्रदेशसभा ‘क’ कार्यसमितिको सिफारिस, क्षेत्र न १ क्षेत्रीय कार्यसमितिले माघ १८ गतेको सिफारिसपत्र अनुसार जिल्लाका कार्यबाहक सभापति प्रकाश बमले कारबाही गर्न निर्वाचन आयोगमा सिफारिस पठाएका हुन्।

कारबाही सिफारिस गरिएका १५ जना जनप्रतिनिधि कांग्रेस त्यागेर हाल अन्य राजनीतिक दलमा प्रवेश गरेकाले निजहरुलाई साधारण सदस्यसमेत नरहने र स्थानीय तहको पदसमेत खारेज गर्न निर्वाचन आयोगलाई सिफारिस पठाएको प्रचारप्रसार प्रमुख सुनारले जानकारी दिए ।


२४ माघ २०७८, सोमवार ०९:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु