साँफेबगर नगरपालिकाद्वारा अछाम कारागारका कैदी बन्दीलाई सहयोग

अछाम कारागारका कैदी बन्दीलाई सामग्री हस्तान्तरण गरिएको छ । साँफेबगर नगरपालिकाले २ लाख १५ हजार बराबरको कैदी बन्दीलाई सामग्री हस्तान्तरण गरिएको साँफेबगर नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवर आफै कारागार पुगेर कारगारका निमित्त प्रमुख धनबहादुर शाहीलाई कैदी बन्दीको लागि सामग्री हस्तान्तरण गरे ।

कारागारका कैदीबन्दीहरुको लागि ३ थान सोलारपावर, २ थान व्याट्री, ३ सेट टिभि, ४ थान फोकसलाईट, १÷१ सेट भलिवल र नेट, १ हजार लिटरको पानी ट्यांकि, र ५ थान डस्बिन सहयोग गरिएको प्रमुख प्रसाशकीय अधिकृत शर्माले जानकारी दिए ।

एक महिना अघि सुदुरपश्चिम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी कारगारमा कैदीवन्दिको लागि सिपमुलक तालिमको उद्घाटन गर्न आउने क्रममा कैदी बन्दिहरुले उक्त सामग्रीको माग गरेका थियो । उक्त कार्यक्रम नगर प्रमुख कुँवरले कैदीबन्दिका मागलाई नगरपालिकाले सम्बोधन गर्ने प्रतिवदता व्यक्त गरे ।

सामग्री हस्तान्तरण कार्यक्रम बोल्दै नगर प्रमुख कुँवरले नगरपालिकाले आगामी दिनमा नगरबाट हुने सक्दो सहयोग गर्ने बताए । उनले नगरबाट प्रदान गरिएको सामग्रीले कैदी बन्दीहरुलाई सहज हुने धारणा व्यक्त गरे । कारगारका निमित्त प्रमुख धनबहादुर शाहीले कैदीबन्दीहरुका लागि सामग्री प्रदान गरेकोमा साँफेबगर नगरपालिकालाई धन्यवाद दिए ।


२३ माघ २०७८, आइतवार १८:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु