punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हिमपातले जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध

Chaupati
safha napa

हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ। राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायतका स्थानमा बाक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको हो।

बिहीबार दिउँसोदेखि राजमार्ग अवरुद्ध हुँदा काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुवहाक तथा मालवहाक सवारी साधनबीच बाटोमै रोकिएका छन्। जसका कारण यात्रुहरु अलपत्र परेका छन्।

अवरुद्ध राजमार्ग खुलाउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। ‘दुई जेसिबीको प्रयोग गरी राजमार्ग सुलाउन हिउँ पन्छाउन थालिएको छ,’ उनले भने‚ ‘बाक्लो हिउँ जमेकाका कारण ढिलाई भएको छ, आज मध्यान्हपछि सञ्चालनमा आउन सक्छ।’

यसअघि बिहीबारदेखिनै अवरुद्ध रहेको यहाँका दशरथचन्द राजमार्ग, र महाकाली राजमार्ग भने शुक्रबार दिउँसोपछि सुचारु भएका थिए।


२३ माघ २०७८, आइतवार ०९:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु