punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

८६ किलो गाँजासहित एक युवक पक्राउ

Chaupati
safha napa

प्रहरीले ८६ किलो गाँजासहित महोत्तरीबाट एक युवकलाई पक्राउ गरेको छ। काठमाडौंबाट सिन्धुली हुँदै बर्दिवासतर्फ आउँदै गरेको बा१२च ३९५५ नम्बरको बोलेरोबाट शुक्रबार साँझ गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका घर भएका ३१ वर्षीय रमेश राणा मगर छन्।बर्दिवास ३ गौरीडाँडा स्थित इलाका प्रहरी कार्यालयको अगाडी चेकपोष्टमा रोकेर जाँच गर्दा बोलेरोको हुटमा राखेर ल्याइएका अवस्थामा गाँजा फेला परेपछि मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी उपरीक्षक बलिष्टार सिंहले जानकारी दिए।

विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट खटिएको टिमसहित इलाका प्रहरी कार्यालय बर्दिवासले उक्त गाडी दिनभर निगरानीमा राखेको थियो।​ पक्राउ परेका मगरलाई थुनामा राखेर कारबाही प्रक्रिया अघि वढाइने प्रहरीले जनाएको ।


२२ माघ २०७८, शनिवार ०८:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु