punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप २०३ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिममा थप २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार आठ सय ३० जनाको एन्टिजेन र एक सय ३८ जनाको पीसीआर परीक्षण गर्दा बुधवार २०३ जनामा संक्रमण पुष्टि भएको हो।

बुधवार संक्रमण पुष्टि भएकामध्ये ४६ जना आज नै भारतबाट फर्केका नागरिक हुन्। बुधवार सुदूरपश्चिमका नाका भएर ७५४ जना स्वदेश फर्केका छन्।

निर्देशनालयका अनुसार प्रदेशमा चारहजार ४७२ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ८० जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।

 


१९ माघ २०७८, बुधवार १८:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु