punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विद्युत्‌गृह बगाएपछि बझाङका ग्रामिणबस्ती चार महिनादेखि अध्यारोमा

Chaupati
safha napa

बेमौसमी वर्षाका कारण आएको बाढीले विद्युत्‌गृह बगाउँदा बझाङका खप्तडछान्ना, थलारा र मष्टा गाउँपालिकाका ११ सयभन्दा बढी परिवार चार महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।

१ कात्तिकको वर्षापछि आएको बाढीले विद्युत्‌गृह नहर र विद्युत्‌का पोललगायतको संरचनामा क्षति पुर्‍याएको छ । खप्तडछान्ना गाँउपालिकाको जडारीगाड खोलामा आएको बाढीले २१ किलोवाट क्षमताको माथिल्लो जडारीगाड लघु जलविद्युत्‌मा पूर्ण रूपमा क्षति पुर्‍याएको छ ।

बाढीले विद्युत्‌गृह, नहर र पोल बगाएपछि गोठखोला, खातिगाउँ, पौवागडी, मायापाटा, डाँडागाउँ र खेदावाडा गाउँका ३७५ घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।बाढीले जडारीगाड खोलामै बनेको ५२ किलोवाट क्षमताको दोस्रो जडारीगाड लघु जलविद्युत् आयोजनाको नहर र विद्युत्‌गृहमा पनि क्षति पुर्‍याएको छ ।

जसका कारण चार महिनादेखि विद्युत्‌ सेवा अवरुद्ध हुँदा थलारा गाउँपालिका-९ का राउली, लिस्ताडा, खानी, सिरेटा, चित्रु, फकाली, मालुमेला, अफ्लाबगर र आमबगरलगायतका १२ गाँउका ४९६ परिवार अन्धकारमा बस्दै आएका छन् । त्यस्तै मष्टा गाँउपालिकामा रहेको डुङग्रीगाड लघु जलविद्युत्‌ आयोजना बगाउदा २८० घरपरिवार पनि अन्धकारमा बस्दै आएका छन् ।

विद्युत्‌ नहुँदा विद्यार्थीहरूको पढाइमा असर परेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा गाउँमा सञ्चालित उद्योग, व्यवसाय, विद्यालय, सहकारी, मिल र स्वास्थ्य संस्थाहरूको काम प्रभावित भएको छ । पुनर्निर्माणमा सहयोग गरिदिन गाउँपालिकासँग माग गरे पनि समस्या समाधानका लागि कतैबाट सहयोग नभएको स्थानीयको भनाइ छ ।

खप्तडछान्ना, मष्टा र थलाराका साथसाथै जिल्लाभरका ३० भन्दा बढी लघु जलविद्युत्‌ आयोजनामा बाढीका कारण आंशिकदेखि पूर्ण क्षति भएको छ । सामान्य क्षति भएको अवस्थामा गाउँपालिकाले मर्मत गर्ने सके पनि पूर्ण रूपमा क्षति भएकाले तत्कालै विद्युत्‌ सुचारु गर्न कठिन भएको खप्तडछान्ना गाउँपालिकाका सूचना अधिकारी ऐन रोकायाले बताए । विद्युत्‌ नहुँदा वडा कार्यालयको कामकाज पनि प्रभावित भएको उनले बताए ।

लघु जलविद्युत्‌ निमार्णमा खर्च र समय बढी लाग्ने भएकाले राष्ट्रिय प्रसारणको लाइन जोड्न पहल भइरहेको रोकायाले बताए । कतिपय ठाँउमा विद्युत् विस्तारका लागि बोलपत्र आह्वान भइ ठेक्का सम्झौताको प्रक्रियामा भएकाले चाँडै समस्याको समाधान हुने उनले बताए ।


१९ माघ २०७८, बुधवार १८:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु