सुनको भाउमा वृद्धि
नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार सुनको भाउ मंगलबारको तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ ९२ हजार २ सय रुपैयाँमा पुगेको छ। तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको भाउ पनि बुधबार तोलामा १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ।
१९ माघ २०७८, बुधवार १२:०९ बजे प्रकाशित






























