punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकार विश्वकर्माको परिवारलाई टिभी टुडेको आर्थिक सहयोग

Chaupati
safha napa

पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको परिवारलाई एक लाख रूपैयाँ आर्थिक सहयोग गरिएको छ। श्रमजीवी पत्रकार संघ नेपालको पहलमा टिभी टुडे टेलिभिजनको व्यवस्थापन पक्षले उक्त रकम स्वर्गीय पत्रकार विश्वकर्माकी श्रीमती निर्मलाको नाममा रहेको नबिल बैंकको खातामा जम्ममा गरेको छ।

टेलिभिजनले यसअघि विश्वकर्माको कीरिया खर्चवापत २१ हजार रूपैयाँ उपलब्ध गराएको थियो। टिभी टुडेमा कार्यरत विश्वकर्माको यही माघ ५ गते राति ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको थियो। विश्वकर्मालाई सुरुमा उपचारका लागि नयाँबानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएको थियो। रकम अभावका कारण विश्वकर्मालाई त्यहाँबाट फर्काइएको आफन्तको आरोप छ।

पत्रकार संघ–संगठनले समयमै उपचार नपाएर ज्यान गुमाएका पत्रकार विश्वकर्माको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आएका छन्। अछामको रामारोशन घर भएका २६ वर्षीय विश्वकर्माका श्रीमती र तीन वर्षीय छोरा छन्।


१९ माघ २०७८, बुधवार १०:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु