punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसियु एक वर्षदेखि प्रयोगविहीन

Chaupati
safha napa

जनशक्ति अभावमा जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन। कोरोना संक्रमण बढ्न थालेपछि गत वर्ष जडान भएको भेन्टिलेटरसहितको आइसियु त्यतिकै थन्किएको हो।

कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए।

‘सरकारले जनशक्ति नपठाउँदा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ,’ उनले भने‚ ‘भेन्टिलेटर सञ्चालनका लागि नभई नहुने एनेस्थेसियोलोजिस्ट र फिजिसियन बिशेषज्ञ चिकित्सको अभाव छ।’

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत वर्षको मंसिरमा अस्पतालमा भेन्टिलेटरसहितको दुई शय्याको आइसियु कक्ष स्थापना भएको थियो। आवश्यक जनशक्ति नहुँदा महामारीमा पनि प्रयोगमा आउन नसकेको अस्पतालका सूचना अधिकारी हरिशप्रसाद पन्त बताउँछन्।

‘जनशक्ति अभावमा अहिले सञ्चालन गर्न सकिने अवस्था छैन,’ उनले भने‚ ‘जडानपछि त्यस्तै थन्किएको छ।’ सुदूरपश्चिम प्रदेश सरकारले प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहितको आइसियु कक्ष राख्ने निर्णयअनुरूप उक्त आइसियु शय्या जडान गरिएको थियो।


१८ माघ २०७८, मंगलवार १४:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु