सशस्त्र प्रहरीद्धारा पिपल्ला बजारमा सरसफाई
डोटीको मुख्य व्यापारीक केन्द्रको रुपमा रहेको पिपल्ला बजारमा सशस्त्र प्रहरी नेपाल नम्बर ३६ हेड क्वाटर डोटीले सरसफाई अभियान संचालन गरेको छ । ‘खप्तडको मुख्य प्रवेशद्धार, सफा र सुन्दर हाम्रो पिपल्ला बजार’ भन्ने नाराका साथ बजार सरसफाई गरिएको सशस्त्र प्रहरी नेपाल नम्बर ३६ हेड क्वाटर डोटीका प्रहरी उपरीक्षक हर्क बहादुर बिस्टले बताएका छन् ।
उनले भने, ‘डोटीको मुख्य व्यापारीक केन्द्र पिपल्ला बजारलाई स्वच्छ र सफा राख्नु सबैको दायीत्व हो त्यसैले सबैलाई सक्रिय बनाई व्यापारीहरु पनि स्वस्फुर्त रुपमा सरसफाई गर्नमा सक्रिय हुन भन्ने हेतुले अभियान संचालन गरेका हौं ।’
सशस्त्र प्रहरीले डोटीका मुख्य धार्मिक स्थलहरु शैलेश्वरी मन्दिर, सालमोनी मन्दिर, पिपल्ला बजारमा रहेको भगवती मन्दिर लगायतका सार्वजनिक स्थलहरुको सरसफाई नियमीत गर्दै आईरहेको छ भने विभिन्न सामाजिक जनचेतनामुलक अभियानमा समेत सहभागिता जनाउने गरेको छ ।
कोरोना भाइरसको महामारी र भाईरल ज्वरोका बिरामीहरु दिनानु दिन बढीरहेको अवस्थामा बजार र घरआँगन सरसफाई गर्नु अति महत्वपूर्ण रहेकाले बजार सरसफाईमा व्यापारीहरु पनि सहभागि भएको उद्योग बाणिज्य संघ डोटीका महासचिब दिपक बहादुर खड्काले जानकारी दिए ।
बजार सरसफाई अभियानमा डोटी उद्योग बाणिज्य संघ, नेपाल प्रहरी, टाफ्रिक प्रहरी, होटल व्यवसायी, नगरपालिकाका जनप्रतिनीधीहरु लगायतको सहभागिता रहेको थियो ।
१५ माघ २०७८, शनिवार १४:४८ बजे प्रकाशित






























