बझाङको बुङगलमा मृत अवस्थामा भेटियो चितुवा
बझाङको बुङगल नगरपालिका–४ तम्तोलीमा मृत अवस्थामा चितुवा भेटिएको छ । शनिबार बिहान चितुवा मृत अवस्थामा देखेपछि स्थानीयले अस्थायी प्रहरी विट विजगडा र बुङगल सव डिभिजन वन कार्यालय झापालाई खबर गरेका थिए ।
नगरपालिकाको केन्द्र समेत रहेको विजगडा नजिकैको गाँउमा वयस्क भाले चितुवा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी ज्ञान बहादुर विष्टले जानकारी दिए । चितुवाको शरीरमा घाउ देखिएकाले अर्को चितुवासँगको आक्रमणमा मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरी र जिल्लावन कार्यालयका कर्मचारीले मृत चितुवालाई पोष्टमार्टमका लागि जिल्ला डिभिजन वन कार्यालय ल्याएका छन् । के कारणले चितुवाको मृत्यु भएको हो भन्ने बारे पोष्टमार्टमपछि मात्रै खुल्ने वन कार्यालयले जनाएको छ ।
प्रहरीले मुचुल्का गरेपछि चितुवाको डिभिजन वन कार्यालय बझाङले प्रहरीको रहोबरमा अनुसन्धान थाल्ने र अवस्था शंस्कास्पद देखेपछि अनुसन्धान थालिने जिल्ला डिभिजन वन कार्यालय बझाङले जनाएको छ ।
१५ माघ २०७८, शनिवार १४:५५ बजे प्रकाशित






























