punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली उद्योग वाणिज्य संघद्धारा विपन्न परिवारका लागी राहत सामाग्री हस्तान्तरण

Chaupati
safha napa

धनगढी,२० बैशाख
कैलाली उद्योग वाणिज्य संघले लकडाउनका कारण समस्यामा परेकाहरुका लागि भन्दै राहत सामाग्री हस्तान्तरण गरेको छ । उद्योग वाणिज्य संघका अध्यष पुष्पराज कुँवर, बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको टोलीले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई १ लाख १९ हजारको खाद्यान्न र ३ लाख ३२ हजार नगद उपलब्ध गराउने गरि समझदारी पत्र हस्तान्तरण गरेका हुन ।

अध्यक्ष कुँवरका अनुसार होटल ब्यावसायी संघ कैलाली बाट २५ हजार , हार्डवयर ब्यावसायी संघ कैलाली २१ हजार ७५ वराबरको खाद्यान्न, नाटा सुदूरपश्चिम बाट ५ हजार, किराना ब्यावसायी संघबाट ६ हजार ५००, धनगढी होलसेल ब्यावसायी संघबाट ६ हजार १००, मदिरा ब्यावसायी संघ कैलालीबाट १६ हजार ८ सय ७५, ईलेक्ट्रोनिक्स ब्यावसायी संघ कैलालीबाट १६ हजार ८ सय ७५, पुस्तक ब्यावसायी संघ कैलालीबाट १५ हजार, पोल्ट्री ब्यावसायी संघ कैलालीबाट १८ हजार र तरकारी ब्यावसायी संघ कैलालीबाट ३८ हजार बराबरको आलु संकलन गरेर राहत स्वरुप उप–महानगरपालिकालाई उपलब्ध गराईएको जानकारी दिए ।कैलाली उद्योग बाणिज्य संघले गरेको सहयोग लकडाउनका कारण समस्यामा परेकाहरु सम्म पु¥याउने नगरप्रमुख वडले बताए ।


२० वैशाख २०७७, शनिवार ०६:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु