punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तेस्रो लहरमा मृत्यु भएका ३४ मध्ये खोप लगाएका ४ जनामात्रै

Chaupati
safha napa

कोरोनाका कारण तेस्रो लहरमा मृत्यु भएका ३४ मध्ये ४ जनाले मात्रै खोप लगाएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जनवरी पहिलो साताबाट सुरु भएको तेस्रो लहरमा मृत्यु भएका ३४ मध्ये ४ जनाले मात्रै खोप लगाएको पाइएको बताए।

‘खोपले बचाउँछ भन्ने कुरा विश्वव्यापी नै प्रमाणित भइसकेको कुरो हो। हाम्रोमा पनि त्यही देखियो,’ अधिकारीले भने, ‘तेस्रो लहर सुरु भएयता मृत्यु भएका ८८ प्रतिशत बढीले खोप नलगाएको पाइयो।’

यस्तै अस्पताल भर्ना हुनेमा पनि खोप नलगाएका नै बढी रहेको उनले बताए।


८ माघ २०७८, शनिवार ०९:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु