कानुनका छिद्र खोजेर चुनाव टार्ने काम नहोस् : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले आफ्नै बाचा विपरीत कानुनका छिद्र खोजेर चुनाव टार्ने गलत काम नगर्न चेतावनी दिएका छन्। संविधान निर्माण गर्दा स्थानीय तहको अवधि पाँच वर्ष किटान गरिएको अवस्थामा कानुन विपरीत जान नहुने उनको तर्क छ।

‘संविधान निर्माण गर्दा स्थानीय तहको अवधि पाँच वर्ष किटान गरिएको हो। काबु बाहिरको संकटको स्थिति आए के गर्ने भन्ने कुरा उठ्दा त्यस्तो स्थितिमा ६ महिनाभित्र चुनाव हुनुपर्ने प्रावधान राखिएको हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नै बाचा विपरीत कानुनका छिद्र खोजेर चुनाव टार्ने गलत काम नहोस्। सबै तहका चुनाउ समयमै हुनुपर्छ।’


८ माघ २०७८, शनिवार ०९:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु