punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारलाई लकडाउन अवधिको सम्पुर्ण ब्याज मिनाहा गर्न कैलाली उद्योग बाणिज्य संघको आग्रह

Chaupati
safha napa

धनगढी, १९ बैशाख । कैलाली उद्योग वाणिज्य संघले कोरोना रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण उद्योग, व्यापार क्षेत्र धराशायी भएकोले सो अबधिको सम्पूर्ण व्याज मिनाहा गर्न सरकारसंग आग्रह गरेको छ ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा मार्फत शुक्रवार सरकारलाई बुझाएको ज्ञापन पत्रमा लकडाउनका कारण व्यापार व्यवसाय ठप्प रहेकोले व्यवसायीहरुलाइ बैकको व्याज तिर्न गाह्रो हुने भएकोले यो अबधिको सम्पूर्ण व्याज मिनाहा गर्न आग्रह गरिएको बताए ।

व्यवसायी बाँचे भने मात्र बैंकहरुले मुनाफा कमाउने हुन् । यतिबेला व्यापारव्यवसाय ठप्प हुदा व्यवसायीहरु निराश र हतोत्साही छन् । व्याज तिर्न सक्ने व्यवसायीहरुको अवस्था छैन । व्यवसायीहरुको यो अवस्थालाई बुझेर लकडाउन अबधिभरको सम्पूर्ण व्याज मिनाहा गरिदिन हुन प्रधानमन्त्रीलाई आग्रह गर्दर्छौ, संघका अध्यक्ष कुँवरद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।


१९ वैशाख २०७७, शुक्रवार १२:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु