punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अपाङ्गता भएकाहरुलाई सुदूरपश्चिम फाउण्डेशनद्धारा स्वास्थ्य सामग्री सहयोग

Chaupati
safha napa

धनगढी, १९ बैशाख । अपागंता भएका ब्यक्तीहरुको स्वास्थ्य शुरक्षामा ध्यान दिदै सुदूरपश्चिम फाउण्डेशनका अध्यक्ष भरत शाह, रोबिका कन्सट्रक्सन एण्ड इन्जििनियरिङ कन्सल्टेन्सीका प्रबन्ध निर्देशक निराजन खड्का र नेपाल पारा ओलम्पिक सुदूरपश्चिम प्रदेश अध्यक्ष दीर्घ कुमार स्वाँरको आर्थिक सहयोग तथा अपागंता सहायता प्रतिस्ठान नेपालका अध्यक्ष भावानी ऐरको समन्वयमा प्रदेश सरकार मार्फत पुर्ण अशक्त भएका ब्यक्तीहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

पुर्ण अशक्त भएका ब्यक्तीहरुका लागी अति आवश्यक स्वास्थ्य सामग्री प्रदेश सरकार मार्फत सहयोग गरेको सुदूरपश्चिम फाउण्डेशनका अध्यक्ष भरत शाहले बताए । अपागंता भएका ब्यक्तीहरुका समस्या समाधान गर्न प्रदेश सरकारलाई समेत दवाव दिने गरी केही स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको शाहले बताए । सबैभन्दा बढी कोरोनाको जोखिममा रहेका अपागंता भएका ब्यक्तीहरुको शुरक्षाका लागी सरकारी तहबाट पहल हुनुपर्ने माग राख्दै स्थानिय अगुवाहरुले प्रदेश सरकारलाई दवाव समेत दिइरहेका छन् ।

कोभिड १९ अर्थात कोरोना भाइरसका कारण देश लकडाउन भएको १ महिना भन्दा बढी बितिसकेको छ । लकडाउनकै कारण समस्यामा परेका नागरिकहरुलाई राहत देखी आवश्यक पर्ने स्वास्थ्य उपकरण सहयोगमा समेत बिभिन्न सरकारी निकाय तथा संघ संस्थाहरुले जोड दिएका छन् । यस अवस्थामा सबैभन्दा बढी अपांगता भएका ब्यक्तीहरु समस्यामा परेका छन् ।

सुदूरपश्चिमका अपांगता भएका ब्यक्तीहरुले नत राहत पाएका छन्, नत स्वास्थ्य सामग्रीनै । बढी अशक्त रहेका अपागंता भएका ब्यक्तीहरुलाई बिबिध स्वास्थ्य सामग्री आवश्यक हुन्छन । तर यि स्वास्थ्य सामग्री सहयोगमा समेत सम्बन्धित क्षेत्र चुकेको छ । बिषेसगरी अपागंता भएका ब्यक्तीहरुलाई दिसा पिसाब गर्न पाइप, बेडाटिन अति आवश्यक पर्छ । अन्यको तुलनामा अपागंता भएका ब्यक्तीहरु बढी जोखिममा छन् । त्यससंगै प्रदेश तथा स्थानिय सरकारले बनाएका क्वारेन्टाइन तथा आइसोलेशन वार्ड समेत अपागंमैत्री छैनन् ।

यस कारण कोरोनाको त्रास फैलिरहेका बेला अपांगता भएका ब्यक्तीहरुमा संक्रमण भइहाले उपचार कसरी गर्ने र लकडाउनका कारण खाद्यान्न तथा स्वास्थ्य सामग्री कसरी जुटाउने भन्ने चिन्ता छ । कोरोनाको जोखिम नियन्त्रण गर्न तथा राहत सहयोगमा अपागंता भएका ब्यक्ती पछाडी पारिएको अपागंता सहायता प्रतिस्ठान नेपालका अध्यक्ष भावानी ऐरले बताए ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अपागंता भएका ब्यक्तीहरुका समस्या प्रति सरकार सकारात्मक रहेको प्रतिकृया दिएका छन् । पुर्ण अशक्त भएका ब्यक्तीहरुको तथ्याङ्क उपलब्ध गराउन आग्रह गर्दै उनले आवश्यक सहयोग प्रदेश सरकारले गर्ने प्रतिबद्धता जनाएका छन् ।


१९ वैशाख २०७७, शुक्रवार १०:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु