punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा एक हजार क्षमताको होल्डिङ सेन्टर बन्दै

Chaupati
safha napa

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ।गत वैशाखमा मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको सालधारी क्षेत्रमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो।

नेपाली सेनामार्फत् होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्ट्रक्सन प्रालिले निमार्णको काम अन्तिम चरणमा पुगेको जनाएको छ। कम्पनीका अनुसार हाल बेड फिटिङको कार्य चलिरहेको छ।कम्पनीले होल्डिङ सेन्टरमा विद्युत आपूर्तीको लागि ट्रान्समिटर राख्ने काम पनि सम्पन्न गरेको छ। होल्डिङ सेन्टरको ९० प्रतिशत भन्दा बढी प्रगति भएको छ।

सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले होल्डिङ सेन्टरको निमार्णको कार्य हेरिरहेको छ। बाहिनीले निर्माण कार्यको अनुगमन तथा सुपरीवेक्षण गर्ने गरेको छ। निमार्णमा ढिलासुस्ती अथवा निर्माणको कुरामा सेनाले विशेष ध्यान दिएर निर्माण कार्यलाई सहजता गर्ने गरेको बाहिनीले जनाएको छ।

२९ करोडमा होल्डिङ सेन्टरको ठेक्का पाएको निर्माण कम्पनीले करिब साढे पन्ध्र करोड रुपैँया भुक्तानी लिएको छ। तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको स्थायी होल्डिङ सेन्टरको बाइस वटा अलग अलग ब्लग छन्। निर्माण भएका सबै ब्लगमा बाथरुम, भान्सा, डाइनिङ रुमलगायतको महत्त्वपूर्ण सेवासुविधासहित होल्डिङ सेन्टर निर्माण भएको छ।

संरचनागत भवन सबै निर्माण भएको र खाली फिटिङको काम मात्रै बाँकी रहेको छ। पुस मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने होल्डिङ सेन्टरको भुक्तानीका कारण ढिलाइ भएको ठेकेदार कम्पनीले जनाएको छ।कोरोना महामारीको तेस्रो लहरलाई लक्षित गर्दै निर्माण सुरु गरिएको होल्डिङ सेन्टरको निर्माण कार्य अबको केही समयभित्रै सकिने ठेकेदार कम्पनीले जनाएको छ।


५ माघ २०७८, बुधवार १२:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु