punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शुक्लाफाँटामा एक युवक मृत फेला

Chaupati
safha napa

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका करिब २८ वर्षीय वीरेन्दबहादुर चौधरी मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार गाउँ नजिकैको विवाहमा मंगलबार राति सहभागी भएका चौधरी बुधबार बिहान बेहोस अवस्थामा फेला परेका थिए। उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

‘मृत्युको कारणबारे अनुसन्धानको कार्य भैरहेको छ,’ उनले भने, ‘के कति कारणले मृत्यु भएको भन्ने बारे बुझ्दै छौं।’

विवाह घर छिमेकीको गोठमा सुतेका चौधरी बिहान नउठेपछि स्थानीयले उठाउन खोज्दा नउठेपछि प्रहरीलाई खबर गरी अस्पताल पुर्‍याएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए।

चिकित्सकले उनको अस्पताल पुर्‍याउनुअघि नै मृत्यु भैसकेको बताएका वडाध्यक्ष चौधरीको भनाइ छ।स्थानीय बासिन्दाका अनुसार चौधरीले राति मदिरा सेवन गरेका थिए।

भारतमा रोजगारी गर्दै आएका चौधरी केही दिनअघि मात्रै घर फर्केका थिए। शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।


५ माघ २०७८, बुधवार १२:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु