punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लकडाउनका बेला श्रमिकहरुको रोजगारी नखोस्न नगरप्रमुख ओडको आग्रह

Chaupati
safha napa

धनगढी ,बैशाख १९। धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले १३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभ कामना ब्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली श्रमजीवी दाजुभाई तथा दिदी बहिनीहरुमा सुख, शान्ति एवम् सम्वृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं भनिएको छ।

श्रमिक बर्गको हक अधिकार प्राप्तीका लागि गरिएको ऐतिहासिक संघर्षलाई संस्थागत गरिएको आजको दिनलाई संसारभर अन्तराष्ट्रिय श्रमिक दिवस तथा मजदूर दिवसको रुपमा मनाउने गरिन्छ शुभकामना सन्देशमा भनिएको छ, हाम्रो संविधानले सबै श्रीमकलाई श्रम अनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको ब्यबस्था गरेको भएपनि त्यसको प्रभावकारी कार्वान्वयन हुन नसकेको तितो यथार्थ हाम्रा सामु रहेको छ ।

हामीले यो अन्तराष्ट्रिय श्रीमक दिवस मनाई रहदा विश्वब्यापी रुपमा कोरोना भाइरस ( कोभिड १९) को माहामारी फैलिएको छ । माहामारी फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको प्रभाव पनि श्रमिक बर्गमा नै बढी परेको छ सन्देशमा भनिएको छ , त्यसैले यो असहज अवस्थामा श्रमिकहरुको रोजगारी नखोस्न र सहजढंगले पारिश्रमिक उपलब्ध गराउन सम्वद्ध पक्षहरु संग अनुरोध गर्दछौं । अन्तमा यस दिवसबाट सबै श्रमिक तथा मजदूर बर्गलाई एकतावद्ध भएर अघि बढ्ने प्रेरणा प्राप्त होस भन्ने कामना गर्दछौं शुभकामना सन्देशमा भनिएको छ ।


१९ वैशाख २०७७, शुक्रवार ०५:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु