punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

Chaupati
safha napa

आज ‘मधेश प्रदेश’मा सार्वजनिक बिदा दिइएको छ ।नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको हो ।

हिजो मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सार्वजनिक बिदा दिने घोषणा गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । नाम र राजधानी निश्चित गर्ने मधेश छैटौँ प्रदेश हो ।

प्रदेश-१ ले अझै नाम टुङ्गो लगाउन सकेको छैन । यसअघि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम टुङ्गो लागिसकेको छ । यी प्रदेशको नाम पुरानै दोहोरिएको र मधेश प्रदेशले मात्रै मौलिक नाम राखेको भन्दै चर्चा भइरहेको छ ।


४ माघ २०७८, मंगलवार ०९:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु