punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ब्राउन सुगर खाँदै गरेका वडाध्यक्ष रंगेहात पक्राउ

Chaupati
safha napa

बाँकेमा एक वडाध्यक्ष लागुऔषध प्रयोग गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामचरण थारुलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार ब्राउन सुगर खाने तयारी गरिरहेको अवस्थामा सोमबार साँझ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

‘ब्राउन सुगर खाने तयारी गरिरहेको अवस्थामा पक्राउ गरिएको हो’, उनले भने, ‘उनका बारेमा पहिलेदेखि नै कम्प्लेन थियो ।’ पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिए ।

 


४ माघ २०७८, मंगलवार ०९:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु