punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा ‘फोटो खिच्ने’ क्रममा पुलबाट खसेर शिक्षकको मृत्यु, तर घटना ‘शंकास्पद’

Chaupati
safha napa

कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार सोमबार बेलुका जीर्ण अवस्थाको गोदावरी पुलबाट खस्दा अछामको मंगलसेन नगरपालिका–५ का ३९ वर्षीय शिक्षक रुपराज भाटको मृत्यु भएको हो।

कैलाली जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रकाश जोशीका अनुसार फोटो खिच्ने क्रममा शिक्षक भाट पुलबाट खसेका हुन्।खसेर घाइते भएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

‘(साँझ) ५ बजेपछि गोदावरी पुलमा जान दिँदैनन्। पुलमा बार पनि छैन। फोटो खिच्न पुलमा गएका बेला खसेको प्रत्यक्षदर्शीले देखेपछि हामीलाई खबर आएको थियो’, डीएसपी जोशीले मंगलबार बिहान भने, ‘ (शिक्षकले) मापसे पनि गरेको स्थानीयले बताएका छन्। घटनाको बारेमा थप अनुसन्धान गर्दै छौँ।’

तर मृतकका आफन्तले घटना निकै शंंकास्पद भएको र शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने आशंका गर्दै घटनाको सत्य-तथ्य छानबिन गर्न माग गरेका छन्।जिल्ला प्रहरी कार्यालयका डीएसपी जोशीले पनि घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।


४ माघ २०७८, मंगलवार ०९:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु