कोरोना आशंकामा अछाम अस्पतालको आईसोलेसनमा राखिएकी महिलाको मृत्यु

अछाम,बैशाख १८ । जिल्ला अस्पताल अछामको आईसोलेसनमा राखिएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्वर ५ की ५१ बर्षीय देवु सार्कीको मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाका अनुसार उनलाई केहि समय पहिले कोरोना भाईरसको आशंकामा अस्पतालको आईसोलेसनमा वार्डमा राखिएको थियो ।

बिहिबार बिहान उनको निधन भएको हो । मृतकको कोरोना भाईरसको आरडिटी परिक्षणको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

पिसिआर परिक्षणको लागि स्वाब संकलन गरेर सुर्खेत पठाईएको स्वास्थ्य प्रमुख ढुंगानाले जानकारी दिए।


१८ वैशाख २०७७, बिहीवार ११:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु